प्यूठान । प्यूठान नगरपालिका–८ स्थित बाग्दुला बजारमा नेकपा (एमाले) का सूर्य ध्वजावाहक उम्मेदवार सूर्य थापाको बाजागाजासहित घरदैलो कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमसँगै थापाको चुनावी प्रचारप्रसार अभियान औपचारिक रूपमा समापन भएको एमाले प्यूठानले जनाएको छ ।

चुनावी अभियानको क्रममा थापाले जिल्लाका ६४ वटै वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मत मागेको बताउनुभयो। अभियानका क्रममा थापा पुगेको सबै ठाउँहरूमा स्थानीय बासिन्दाले फूलमालासहित स्वागत तथा अभिनन्दन गरेको एमाले प्यूठानका अध्यक्ष विजयविरज विष्टले बताउनुभयो ।

थापाले यसपटक आफ्नो विजय सुनिश्चित भएको दाबी गर्दै जनताको व्यापक समर्थन प्राप्त भएको बताउनुभयो। उहाँका  अनुसार चुनावी अभियान अवधिभर झण्डै दुई ट्रक बराबर फूलमाला जनताले लगाइदिएका छन । जसलाई उहाँले जनविश्वास र समर्थनको संकेतका रूपमा व्याख्या गर्नुभएको छ ।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापाले प्यूठानको विकास, प्रभावशाली प्रतिनिधित्व र केन्द्रसँगको समन्वयलाई आफ्नो प्राथमिकताका रूपमा अघि सार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय