पाल्पा । पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा समीरमान सिंह निर्वाचित हुनुभएको छ । शनिबार भएको मतदानपछि भएको अन्तिम मतगणनामा सिंहले ५७९ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत टंक पन्थले जानकारी दिनुभयो । शैलेन्द्र भट्टराईले भने ५११ मत ल्याउनुभएको छ ।

संघको वाणिज्य उपाध्यक्षमा रन्जना थापा अर्याल निर्वाचित हुनुभएको छ । उहाँले ५३१ मत पाउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी सुरेन्द्र कर्माचार्यले ३३६ मत ल्याउनुभएको थियो ।

यस्तै सदस्य पदमा कमल पाण्डेय, जीवन पाण्डेय, विदुर घिमिरे, सुरेश गोदार, मोहनबहादुर कुँवर, सविन मल्ल, नारायण पछाई, नारायण न्यौपाने, विनोद नेपाल र विश्व केसी निर्वाचित हुनुभएको छ ।

उद्योग उपाध्यक्षसहित अन्य १३ पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको थियो । उद्योग उपाध्यक्षमा माधव जिसी निर्विरोध निर्वाचित हुनुभएको थियो । सङ्घको अध्यक्षसहित २५ पदाधिकारी रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय