बाँके । बाँकेको नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । महिलाको मृत्युु शंकास्पद देखिएपछि प्रहरीले तिन जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा शनिबार राती आगोले जलेको अवस्थामा सोही ठाउँकी २२ वर्षीया सिर्जना बुढा मगर फेला परेको जिल्ला प्रहरी कार्याल बाँकेले जनाएको छ । प्रहरीका अनुसार राती करीब १२ बजेको समयमा नेपालगन्ज १२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै आगोले जलेर घाइते बनेको अवस्थामा फेला परे लगत्तै उपचारका लागि भेरी अस्पताल पुर्याइएको र उपचारकै क्रममा महिलाको मृत्यु भएको थियो ।
मृतकका परिवारले तीन जनाको नाममा किटानी जाहेरी दिएको र उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको विवाह भएको र एक छोरी पनि रहेको छ । सम्बन्ध विच्छेद भइसकेको महिलाको हाल आरोपीमध्येका एक जनासँग सम्बन्ध रहेको बुझिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाबाहेक पनि अन्य व्यक्तिको संलग्नताका बारेमा थप अनुसन्धान भइरहेको तथा के कसरी घटना घट्यो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group