प्यूठान । ऐरावती गाउँपालिकाले चालु आर्थिक वर्ष ०८२।०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले उपस्थितिका लागि सबैमा अनुरोध गरेको हो ।
दोश्रो चौमासिक अवधिमा भएका सेवा प्रवाह र विकास निर्माणका विषयमा चैत्र २६ गते सार्वजनिक सुनुवाई गरिने प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले जानकारी दिनुभयो ।
४ नं. वडा कार्यालयमा कार्यक्रम संचालन गरिने गाउँपालिकाले जनाएको छ । सुशासन ऐन अनुसार सेवाप्रदायक निकायले प्रत्येक चौमासिकमा एक पटक सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।




S.K. Creative Media Group