प्यूठान । गौमुखी गाउँपालिका वडा नम्वर ७ नारिकोटका भोजे थापाको दाया खुट्टा छैन । एउटा खुट्टा नहुँदा बैशाखीको सहारामा हिडडुल गनुहुन्थ्यो । ६५ वर्षीय थापाको हालै भारतको जयपुर स्थित भगवान महावीर विकलाङ्ग सहायता समितिमा कृतिम खुट्टा जडान गरिएको छ ।

कृतिम खुट्टा राखेपछि खुशी लागेको उहाँले बताउनुभयो । “हिडडुल गर्न बैशाखी र अरुको सहयोग चाहिन्थ्यो” उहाँले भन्नुभयो,“अव सजिलो होला भन्ने भएको छ ।” निःशुल्क रुपमा उक्त सुविधा पाएकाले खुशी र हौसला मिलेको उहाँले बताउनुभयो ।

गौमुखी अपाङ्ग सेवा सङ्घको आयोजना तथा गौमुखी गाउँपालिकाको आर्थिक सहयोगमा पालिका भित्रका १६ जना अपाङ्गता भएका व्यक्तिको कृतिम हात तथा खुट्टा व्यवस्थापन गरिएको हो । हात र खुट्टा नभएका व्यक्तिहरु पहिचान गरेर निःशुल्क रुपमा जडान गरिएको गौमुखी अपाङ्ग सेवा सङ्घका अध्यक्ष जुमान सिंह केसीले बताउनुभयो । “हाम्रो संस्थाले सहजीकरण गरेको थियौं,” अध्यक्ष केसीले भन्नुभयो,“यातायात र खानाबासको व्यवस्थापन गर्न पालिकाले सहयोग गरेको हो ।”

गौमुखी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा पुर्नस्थापना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । विगत दुई आर्थिक वर्षदेखि नियमित रुपमा उक्त कार्यक्रम सञ्चालन गरिदै आएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । कृतिम हातखुट्टा आवश्यक पर्ने व्यक्तिहरुका लागि समेत पालिकाले छुट्टै सहयोग गरेको उपाध्यक्ष रानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय