प्यूठान । साहित्यकार राजकुमारी कुँवर (सानु गुल्मेली) को `उल्टो थपडी´ कविता संग्रह बिमोचन भएको छ । शुक्रबार जुम्री स्थित होटल आयुष्मामा एक कार्यक्रम गरि कविता संग्रहको बिमोचन गरिएको हो ।

कविता संग्रहमा ५५ वटा कविता समाबेश छन । परिवारको साथ र सहयोगले आफुले कविता संग्रह प्रकाशन गर्न सफल भएको कुँवरले बताउनुभयो । उहाँले आफ्नो कृति अध्ययन गरेर सुझाव दिन समेत सबैलाई आग्रह गर्नुभएको छ । कृतिको आवरण आफ्नै छोरी आकृति खड्काले तयार गरेको उहाँले बताउनुभयो ।

गुल्मी पुर्कोटदहमा जन्मिनुभएको कुँवर क्षेत्र बिकास माध्यमिक विद्यालय प्यूठान नगरपालिका-७ पुण्यखोलामा शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्म शिक्षा हासिल गर्नुभएको छ ।

उहाँ लुम्बिनी वाङमय प्रतिष्ठान प्यूठान शाखाको अध्यक्ष, नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशको सचिब, साहित्य परिषद प्यूठानको सचिब, राप्ती साहित्य परिषद प्यूठान लगायत क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले कविता संग्रहको बिमोचन गर्दै साहित्य क्षेत्रमा सानु गुल्मेलीको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले साहित्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।

साहित्य परिषद प्यूठानकाका अध्यक्ष बिमला खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुमन सुबेदीले गर्नुभएको थियो । कार्यक्रममा कविता वाचन समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय