प्युठान । झिमरुक गाउँपालिका अन्तर्गत विभिन्न वडामा संचालित योजना तथा कार्यालयको अनुगमन निरीक्षण गरिएको छ । शुक्रबार पालिका भित्रका वडा कार्यालय, स्वास्थ्य चौकीको निर्माणाधीन विभिन्न सडक, बिद्यालय तथा स्वास्थ्य चौकी भवनहरुको अनुगमन तथा निरीक्षण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, इन्जिनियर अशोक जिसी, जनप्रतिनिधि र कर्मचारी सहितको टोलीले अनुगमन, निरीक्षण गरिएको छ ।
अनुगमन क्रममा झिमरुक गाउँपालिका-६ स्थित निर्माणाधीन बतासेडाँडा जिमुरखोला सडक, वडा नम्बर-७ स्थित सीता माबी कुताको ४ कोठे भवन र स्वास्थ्य चौकी भवनको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा पालिका स्तरीय अनुगमन समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार योजना अनुगमनका क्रममा निर्माण कम्पनीलाई निर्माणाधीन योजनाको काममा प्राविधिक डिजाइन, इस्टिमेट र गुणस्तरीय सामाग्रीको प्रयोगमा ध्यान दिदै गुणस्तरीय काम गर्न सुझाव दिएको बताउनुभयो । निर्माण सामाग्री, संरचना, गैरस्थानीय सामाग्री भण्डार गुणस्तरीयता लगायतको विषयमा अनुगमन निरिक्षण गरि आवस्यक सुझाव दिएको थियो ।
सोही क्रममा वडा कार्यालय तथा स्वास्थ्य चौकेको समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा वडा कार्यालय तथा स्वास्थ्य चौकीबाट जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई जनमैत्री बनाउदै लगिएको र थप व्यवस्थित र प्रबिधि मैत्री बनाउन तर्फ जोड दिनुपर्नेमा उपाध्यक्ष पोख्रेलले सुझाब दिनुभयो ।
वडामा जनप्रतिनिधि र कर्मचारीको सहकार्य र समन्वय भए मात्र दैनिक सेवा प्रवाह र योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने भएकोले समन्वय र सहकार्यमा जोड दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत सेजुवालले बताउनुभयो ।
सोहि क्रममा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई झिमरुक गाउँपालिका प्यूठानले घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेको छ बिहिबार र सुक्रबार दुइदिन झिमरुक गाउँपालिका २, ३, ६, ७ र ८ वडाका गाउँ बस्तीमा पुगेर छ जनालाई अपांगता भएका ब्यक्तिलाई परिचयपत्र वितरण गरीएकाे महिला बालबालिका शाखा प्रमुख शर्मिला बिकले जानकारी दिनुभयो ।










S.K. Creative Media Group