प्यूठान । जिल्लामा पहिलो पटक “भू.पू. सैनिक सम्मेलन-२०८२” सम्पन्न भएको छ । “भूतपूर्व सैनिक सम्मेलनको पुनर्मिलन हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने नारा सहित
वर्द बहादुर गणमा सम्मेलन संचालन भएको हो ।
उक्त सम्मेलनमा अशक्त रहेका नेपाली सेनाका भु.पू. सैनिक, एकल महिला तथा आश्रीत परिवारजनलाई गणपतिबाट ह्विल चियर, वैशाखी तथा एल्वो क्रचेस वितरण गरिएको थियो ।सम्मेलनमा जिल्ला भित्र रहेका भू.पू. सैनिक र आश्रीत परिवारजन गरी ३४८ जना सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथी प्रमुख सेनानी गणपति महेश बाबु कार्कीले नेपाली सेनामा आफ्नो जीवनको अमूल्य समय र ऊर्जा व्यतीत गर्नुभएका सम्पूर्ण पूर्व सैनिकहरू तथा उहाँहरूका परिवारजनप्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले सेवा निवृत्त भएता पनि बोक्नुभएको संस्कार, अनुशासन र राष्ट्रभक्तिको भावनाले समाजलाई मात्र नभई नयाँ पुस्तालाई समेत सधै सही मार्गमा हिँड्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।



S.K. Creative Media Group