प्यूठान । गौमुखी गाउँपालिका भित्र रहेका ३६ जना सर्वसाधारणको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । गौमुखी गाउँपालिका स्वास्थ्य शाखा र लमही आँखा अस्पतालको संयुक्त आयोजनामा पुँजा स्वास्थ्य चौकीमा शल्यक्रिया शिविर सञ्चालन गरिएको हो ।
गाउँपालिकाको विभिन्न वडामा चैत १६ देखि २० गतेसम्म आँखा परीक्षण तथा स्क्रिनिङ गरिएको थियो । शनिबार पुँजा स्वास्थ्य चौकीमा शल्यक्रिया शिविर आयोजना गरि ३६ जना व्यक्तिको शल्यक्रिया गरिएको गाउँपालिका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयो ।
शल्यक्रियापछि विरामीहरुको आँखाको दृष्टिमा सुधार आएको छ । उक्त अभियानमा ६०६ जना विरामीको आँखा जाँच तथा उपचार गरिएको उपाध्यक्ष रानाले बताउनुभयो ।
गाउँपालिकामा रहेका नागरिकको आँखा सम्वन्धी समस्याको छिटो पहिचान र उपचार गर्ने उदेश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।



S.K. Creative Media Group