दाङ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सदस्यता नवीकरण गर्नको लागि प्रत्येक व्यक्ति वडामा जानुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशको भालुवाङमा प्रदेशस्तरीय ‘निर्वाचन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै वडामा गएर सदस्यता नवीकरण नगर्नेको सदस्यता अब कायम नहुने बताउनुभएको हो।
सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने, क्रियाशील सदस्यताको फर्म भर्नेले कांग्रेसका कार्ड पाउने र फर्म नभर्नेले महाधिवेशनमा भाग समेत लिन नपाउने सभापति थापाले बताउनुभयो ।
सभापति थापाले भन्नुभयो, ‘कुनै वडामा रहेका जम्मा कृयाशिल सदस्य मध्ये अध्याबधिक गर्ने शतप्रतिशत रहनपनि सक्छन वडामा पुगेर फर्म नभर्नेकाे अध्याबधिक नहुन पनि सक्छ अब यसलाई कसैले खारेजी भन्नुहुन्छ कसैले यसलाई अद्यावधिक भन्नुहुन्छ के भन्ने त्यो आफू आफूले भनेको हो। तर पार्टीको विधानले के भन्छ यो विशेष महाधिवेशनबाट पारित भएको विधानले के भन्छ एक पटकको लागि अद्यावधिक अनिवार्य छ।’
सदस्यता अद्यावधिकको प्रक्रियामा सहभागी हुन आफु १ गते वडा कार्यालयमा जान लागेको बताउनु भयाे ।
सभापति थापाले भन्नुभयो, ‘प्रत्येक सहभागीले कांग्रेसको आइडेन्टिटी कार्ड पाउनुहुन्छ। अब प्राप्त हुने कांग्रेसको आइडेन्टिटी कार्ड भनेको कांग्रेसको एउटा डिजिटल इन्फ्रास्ट्रक्चर हामीले बनाएका छौँ। अब उप्रान्त कसैले पनि कहिले पनि फारम भर्नुपर्दैन। अब त्यो क्रियाशीलको फारम भर्ने भन्ने कुरा सकियो एक पटक हो यो अन्तिम हो। सबै हामी सँग सिस्टममा रहन्छ सबै कुरा डिजिटाइज गरेका छौँ । तर, जसले भर्नुहुन्न नभर्नेले महाधिवेशनमा भाग लिन पाउनुहुन्न। यो कुरा एकदम स्पष्ट छ ।’
आफूहरूले कसैको काङ्ग्रेसको सदस्यता खोस्न नखोजेको बताउदै वैशाख २ मा पार्टीको कार्यसम्पादन समितिको बैठक राखेर केही महत्त्वपूर्ण निर्णय गर्ने बताउनुभयाे ।
समीक्षा कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिह पुनले नेपालकाे संविधान २०७२ ले प्रदत्त गरेकाे अधिकार सहित प्रदेश बलियाे बनाउने , काङ्ग्रेस भित्रकाे आन्तरिक प्रतिस्पर्धा वडा पालिका क्षत्र जिल्ला प्रदेश हुँदै सङ्घसम्म हुदा साथिहरुकाे बिचमा यकतामा दरार ल्याउने भन्दै महादिबेशन माेडालिटि परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । समिक्षा कार्यक्रममा फाल्गुन २१ काे चुनाबकाे पाटि पराजयका बिषयमा सबै क्षत्रका उम्मेदवार प्रतिनिधिहरुले आफ्नाे धारणा राखेका थिय ।
कार्यक्रममा उपसभापति बिश्वप्रकाश शर्मा, पुस्पा भुसाल, महामन्त्री प्रदिप पौडेल लगाएका पदाधिकारीले सम्बाेधन गर्नुभएको थियाे ।
पार्टीले वैशाख ४ गते संसदीय दलको नेता छान्ने प्रक्रिया टुङ्ग्याउने नेताहरुले बताएका छन ।



S.K. Creative Media Group