प्यूठान । स्वर्गद्वारी नगरपालिका–७ स्थित वेलवास माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को एसईइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई एक समारोहका बीच सम्मान गरेको छ । विहीबार विद्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।
नगर स्तरीय उत्कृष्ट विद्यार्थी सम्मानित
सामुदायिक विद्यालयतर्फ स्वर्गद्वारी नगरपालिकामा प्रथम रुपलाल घर्ती मगर, द्वितीय सन्ध्या परियार र विद्यालय तृतीय स्थान हासिल गर्न सफल लक्ष्मी अधिकारीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
यसैगरी, एसईई उत्र्तिण सम्पूर्ण विद्यार्थी, विद्यालय परिवार र स्वयं विद्यालयलाई समेत मायाको चिनो र प्रशंसा–पत्र अक्षयकोष दाता चेनत भुसालले प्रदान गर्नुभएको थियो ।
अक्षयकोष दाताद्वारा नगद पुरस्कार वितरण
कार्यक्रममा विभिन्न अक्षयकोषमार्फत विद्यार्थीलाई आर्थिक प्रोत्साहन प्रदान गरिएको छ । एकराज भण्डारीका बुवा मोतिलाल भण्डारी र हिमाल पुनमगरका बुवा वीरबहादुर पुनको नाममा स्थापित अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीलाई क्रमशः आठ हजार, सात हजार र पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ ।
चेतन भुसालकी हजुरआमा निमा देवी भुसालको नाममा स्थापित निमा देवी भुसाल अक्षयकोषबाट उत्कृष्ट तीन विद्यार्थीलाई क्रमशः पाँच हजार, तीन हजार र दई हजार रुपियाँ नगद प्रदान गरिएको छ ।
जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन
एसईईका अतिरिक्त शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा कक्षा १ देखि १० सम्म प्रथम, द्वितीय र तृतीय हुने तथा जेहेन्दार विद्यार्थीलाई देविराम गोराथोकीकी आमा बसुन्धारा गोराथोकी तथा सम्पूर्ण अक्षयकोष दाताद्वारा शैक्षिक सामग्री सहित सम्मान गर्नुभएको छ ।
कार्यक्रमका वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा वेलवास मा.वि.ले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै उत्कृष्ट नतिजाको कामना व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर भट्टराई (पदम) को अध्यक्षता तथा प्रधानाध्यापक दिनु प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।



S.K. Creative Media Group