प्यूठान । प्यूठान नगरपालिकाले उकृष्ट हुने विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार नगरपालिकाले शैक्षिक सत्र २०८१ र २०८२ मा उत्कृष्ट नतिजा हाँसिल प्राप्त गर्ने शिक्षक, विद्यार्थी, विद्यालय र प्रधानाध्यापक गरि ३ सय ४४ जनालाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

प्यूठान नगरपालिका भित्रका बिद्यालयका कक्षा ५, ८, १०, १२ मा उत्कृष्ट हाँसिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार प्राबिधिक धार र सबै संकायमा नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ । दुवै शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यालयलाई समेत नगदसहित सम्मान गरिएको जानकारी दिनुभयो ।

यस्तै नगरपालिकाले वार्षिक परीक्षामा सत प्रतिसत नतिजा ल्याउने बिषय शिक्षकहरुलाई पनि सम्मान गरिएको नगरपालिकाले जनाएको छ । कक्षा ८ र १० मा बिज्ञान र गणित विषयमा ९० प्रतिसत र अन्य बिषयमा सतप्रतिसत नतिजा ल्याउन सफल विषय शिक्षकहरुलाई सम्मान गरेको हो । त्यस्तै नगर क्षेत्र भित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको छ । राम्रो नतिजा ल्याउनेलाई सम्मान गर्ने परिपाटीले आगामी शैक्षिकसत्रमा उत्कृष्ट नतिजा हासिल गर्न थप हौसला प्रदान गर्ने अपेक्षा समेत गरिएको छ ।

प्रोत्साहन तथा क्षमता बिकासका कार्यक्रमलाई आगामी शैक्षिकसत्रमा पनि निरन्तरता दिने गरि नीति तथा कार्यक्रम तय गरिएको प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगिले जानकारी दिनुभयो ।

शिक्षाको बिकासले मात्र समग्र समाजको सकारात्मक बिकास हुने भएकाले शिक्षक र विद्यार्थीहरुको प्रोत्साहनका लागि सम्मान तथा पुरस्कार कार्यक्रम गरिएको नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले बताउनुभयो ।

प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा उप-मेयर देवेन्द्र बर्मा, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, वडा अध्यक्षहरु, जनप्रतिनिधि कर्मचारी, बिद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख वासुदेव पन्डितले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय