प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानको कार्यसम्पादन उत्कृष्ट बन्दै गएको छ । पछिल्लो समय नेपाल प्रहरी प्रधान कार्यालयबाट हुने मासिक कार्यसम्पादन मूल्याङ्कनमा लगातार पहिलो स्थान हासिल गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कामकारबाही, अपराध अनुसन्धान, शान्ति सुरक्षा, कानुन कार्यान्वयन तथा समग्र प्रहरी कार्यसम्पादनका आधारमा गर्ने मासिक मूल्याङ्कन अनुसार जेठ महिनाको कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय प्यूठान २५ वटा पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो स्थानमा पर्न सफल भएको हो । यसअघि वैशाख महिनाको कार्यसम्पादन मूल्याङ्कनमा पनि प्यूठान प्रहरी पहिलो भएको थियो ।

प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीको नेतृत्वमा कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै आएको जिल्ला प्रहरी कार्यालय प्यूठानले लगातार दोस्रो महिनासमेत उत्कृष्ट नतिजा कायम राख्न सफल भएको जनाएको छ ।

                         प्यूठान प्रहरी प्रमुख नरहरी अधिकारी

लगातार दोस्रो पटक प्रथम स्थान हासिल गरेसँगै जिल्ला प्रहरी कार्यालय प्यूठानले आगामी दिनमा पनि नागरिकमैत्री, प्रभावकारी र परिणाममुखी प्रहरी सेवा प्रदान गर्ने प्रतिबद्धतासहित कार्यसम्पादनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय