प्यूठान । जुवातास खेलीरहेका ११ जना ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ गरेको छ । शुक्रबार राती ११ बजे स्वर्गद्वारी नगरपालिका- ४ बाझीपुर स्थित मुनलाईट होटलबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी निरीक्षक गणेश ज्ञवाली नेतृत्वको टोलीले नगद एक लाख पचासी हजार एकसय बाह्र रुपियाँ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।


S.K. Creative Media Group