प्यूठान । बालबालिका माथी हुने हिंसा, दुर्ब्यबहार, शोषण र बिभेद विरुद्ध सचेतनामुलक कार्यक्रम संचालन भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजना तथा मल्लरानी गाउँपालिकाको समन्वय र सहयोगमा दुई दिने कार्यक्रम शुरु भएको हो ।

कार्यक्रमको जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मीले उद्घाटन गर्नुभएको हो । ॐ बहुउदेश्यीय सहकारीको हलमा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले कार्यक्रमले बालबालिकाको सवालमा पैरवी गर्न सहयोग पुग्ने बताउनुभयो ।

सामाजिक बिकास डिभिजन कार्यालय प्यूठाका प्रमुख रामकरण पालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राबिधिक सहायक गोमा अधिकारीले गर्नुभएको थियो ।

तालिममा मल्लरानी गाउँपालिकाका सबै वडाका बाल सन्जालका प्रतिनिधिको सहभागीता छ । तालिमको सहजीकरण जिल्ला बाल अधिकार समितिका सदस्य जुमान सिंह केसी र
बाल अधिकारकर्मी बिनोद पोख्रेलले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय