प्यूठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले ऐरावती गाउँपालिका- २ स्थित मोति माध्यमिक विद्यालय बरौलामा ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।

विद्यार्थी, शिक्षक, चालक तथा परिचालकलाई सुरक्षित र अनुशासित सडक संस्कृतिको विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएको हो ।

ट्राफिक नियमको पालना, सडक अनुशासन, पैदलयात्रीले दायाँतर्फ हिँड्ने, मोटरसाइकल तथा स्कुटरमा चालक र पछाडि बस्ने दुवैले हेल्मेट प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, जेब्राक्रसिङको प्रयोग गर्ने, ट्राफिक संकेत तथा चिन्हहरूको पालना गर्ने, सडक प्रयोग गर्दा सतर्क र जिम्मेवार बन्ने लगायतका विषयमा सचेतनामूलक प्रशिक्षण दिइएको थियो ।

दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जिल्लाका विभिन्न्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रमहरु गर्दै आएको जिल्ला ट्राफिक प्रमुख विष्णु प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय