प्यूठान । प्यूठान जिल्ला अदालतले तय गरेको वार्षिक लक्ष्य भन्दा बढी मुद्धा फछ्यौट गरेको छ । चालु आर्थिक वर्षमा ५४४ मुद्धा फछ्यौट गर्ने लक्ष्य लिएको अदालतले ५८७ मुद्धा फछ्यौट गरेको हो ।

गत साउनमा निर्माण गरिएको वार्षिक कार्ययोजना अनुसार ६५ प्रतिशत मुद्धा फछ्यौट गर्ने लक्ष्य लिएकोमा ६९ दशमलव १४ प्रतिशत मुद्धा फछ्यौट भएको जिल्ला न्यायधिश हिरण्य प्रसाद भण्डारीले बताउनुभयो ।

विहीबार जिल्लाका सञ्चारकर्मीहरुसँग वार्षिक समीक्षा कार्यक्रममा श्रेस्तेदार राजेन्द्र कुमार शर्माले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष ०८०।०८१ मा ५०२, ०८१।०८२ मा ५५७ र ०८२।०८३ मा ५८७ मुद्धा फछ्यौट भएका छन । अदालतमा दुई वर्ष समय नाघेका मुद्धा कुनै पनि नभएको श्रेस्तेदार शर्माले जानकारी दिनुभयो ।

यस वर्ष कुल ८४९ मुद्धामध्ये सवैभन्दा बढी ३४६ वटा मुद्धा सम्वन्ध विच्छेदको रहेको छ । जसमध्ये २८१ वटा मुद्धा फछ्यौट भएका छन । बाल विवाह, बैदेशिक रोजगारी लगायतका कारण सम्वन्ध विच्छेदका घटना हुने गरेको न्यायधिश भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय