प्युठान । रुकुम पूर्व केन्द्रबिन्दु बनाएर ५ म्याग्निट्युडको भूकम्प गएको छ ।
आइतबार अपराह्न ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल)अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ ।
रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, दाङ लगायत आसपासका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको जनाइएको छ । भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन ।


S.K. Creative Media Group