प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड उपाधी गंगा माविले जितेको छ । नौबहिनी गाउँपालिका प्युठानको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी गाउँपालिका-६, लुङ्ग बाहानेको गंगा माध्यमिक विद्यालयले जितेको हो ।

अघिल्लो वर्षको दोस्रो रनिङ शिल्ड प्रतियोगितामा पनि गंगा माविले नै उपाधी जितेको थियो । यसवर्ष गंगा माविले ७ स्वर्ण, ५ रजत र ५ कास्य गरि कुल १७ पदक जितेर प्रथम स्थान हासिल गरेको हो ।

यस्तै प्रतियोगितामा दुर्गा मावी नौबहिनी-४ खबङ्ग दोस्रो स्थानमा आएको छ । दुर्गा माविले ३ स्वर्ण, ३ रजत र ५ कास्य गरि कुल ११ पदक लिएर दोस्रो स्थानमा सिमित भएको छ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेस्रो स्थानमा प्राप्त गरेको छ । नेरा माविले ३ स्वर्ण, १ रजत र ७ कास्य गरि कुल ११ पदक लिएर तेस्रो स्थानमा भएको हो । प्रतियोगिताको मार्चपासमा श्री गावै मावी नौबहिनी-५, डाम्री गावैले उत्कृष्ट भएको छ ।

यही पौष १३ गते शुक्रबार देखि सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगिता आज १६ गते सोमबार सम्पन्न भएको थियो ।
लगातार २०७९ र ०८० मा दुई वर्ष उपाधी हात पारेको हो भने प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भने दुर्गा मावी खबाङ्गले हात पारेको थियो।

खेलको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष डिलाराम थापाले खेल मार्फत समृद्धिको यात्रा तय गर्न सकिने भन्दै सबै खेलाडीले अनुशासन भएर खेलमा अग्रसर हुन आग्रह गर्नुभएको छ । “खेलकुदको बिकासको लागि गाउँपालिका खेलाडीको साथमा छौं ।” उहाँले भन्नुभयो, “खेल मार्फत गाउँ समाज हुँदै देशको समेत सिर उचो गर्न खेलाडीको महत्त्वपूर्ण भुमिका रहेकोले जिम्मेवार हुन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय