गुल्मी । गुल्मीको धुर्कोटमा बोलेरो जिप दुर्घटना परेको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
सोमबार जिल्लाको घुर्कोट गाउँपालिका-४ जैसिथोक खहरेस्थित तम्घास-पुर्कोटदह सडक खण्डमा ग्याँस सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएको गुल्मी प्रहरीले जनाएको छ ।
तम्घासबाट पुर्कोटदहतर्फ जाँदै गरेको ग३च ४५१८ नम्बरको एलपीजी ग्याँस सिलिन्डर बोकेको डबल क्याप बोलेरो गाडी बिहान ८ बजेतिर सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मालिका गाउँपालिका–३ काउले निवासी ३२ वर्षीया सीता थापाको अनुहारमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेकाले जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । दुर्घटना बारे अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । तस्बिर : अनिल खत्री गुल्मी ।


S.K. Creative Media Group