डडेल्धुरा । डडेल्धुराबाट खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन १६० मिलिग्रामसहित ३ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने २६ वर्षीय दिपक खुना, कैलालीको चुरे गाउँपालिका–४ बस्ने २५ वर्षीय निराजन साह र सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मण अधिकारी रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको टेलरमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पछिल्लाे समयमा अवैध लागू औसध ओसरापसारफतथा सेवन गर्ने तथा संलग्न गिराेह समात्न प्रहरी सक्रिय बनेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय