प्युठान । रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति झिमरुक र गौमुकी गाउँपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। झिमरुक गाउँपालिकाले बाढिको कारण विपद् प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

झिमरुक गाउँपालिकामा कार्यरत जनप्रतिनिधि, शिक्षक र कर्मचारीबाट संकलित १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा सहयोग गर्ने निर्णय भएको पालिकाले जनाएको छ ।

रसुवा स्थित भोटेकोसी नदिमा आएको आकस्मिक बिनासकारी बाढी प्रती दुख व्यक्त गर्दै जिल्लाको गौमुखी गाउँपालिकाले संस्थागत रुपमा दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

पालिकामा कार्यरत सम्पूर्ण जनप्रतिनिधि एवंम कर्मचारीहरूको एक दिन बराबरको सेवा सुविधा तथा पारिश्रमिक रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने समेत निर्णय गरेको छ ।

यस्तै विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्युठानले प्राकृतिक विपद्को कठिन समयमा प्रभावित क्षेत्रका परिवारलाई केही राहत र हौसला मिलोस् भन्ने उद्देश्यले सहयोगको घोषणा गरिएको छ । जस अनुसार कर्मचारीको एक दिनको तलब, संचालक समितिको १ दिनको बैठक भत्ता र संस्थागत रुपमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने संस्थाले जनाएको छ ।

हिजो रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति संस्थाले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि संस्थागत रुपमा १ लाख ११ हजार १ सय ११ रुप?आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

गाउँपालिकाहरुले जारी गरेको शोक विज्ञप्तिमा बाढी तथा पहिरोका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको सहज उपचार तथा विस्थापितहरूको सुरक्षित पुनर्स्थापनाका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ।

गाउँपालिकाले उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी उपलब्ध गराउने जनाएका छन्। प्राकृतिक विपद्को कठिन समयमा प्रभावित क्षेत्रका परिवारलाई केही राहत र हौसला मिलोस् भन्ने उद्देश्यले सहयोगको घोषणा गरिएको पालिकाहरुले जनाएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरण अनुसार उद्धार तथा खोजी कार्य जारी रहेको छ भने सरकारले समेत प्रभावितको उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न निर्णय गरिरहेकाे जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय