प्यूठान । रसुवामा विभिन्न क्षेत्रमा कार्यरत प्यूठानका पाँच जना व्यक्ति सम्पर्कविहिन भएका छन । रसुवामा गएको बाढीपछि  सम्पर्क नभएको उनीहरुका आफन्तले बताएका छन ।

रसुवागढी हाइड्रोपावर कम्पनीमा कार्यरत प्यूठान नगरपालिका १० का पिताम्बर श्रेष्ठ, प्यूठान नगरपालिका ७ का सन्तोष पौडेल सम्पर्कविहिन भएको परिवारले जनाएका छन ।

त्यसैगरी गौमुखी गाउँपालिका ३ का बोम बहादुर पुन, माण्डवी गाउँपालिका ३ का सुर्य केसी र सरुमारानी गाउँपालिका ४ का किसान सोमैमगर सम्पर्क विहिन भएको परिवारले जनाएका छन । उनीहरुका आफन्तले खोजीकार्यका लागि समेत आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय