प्यूठान । रसुवामा गएको बाढीबाट प्रभावितहरुको राहत उद्दार तथा पुनःस्थापनका लागि प्यूठानका स्थानीय तहले आर्थिक सहयोगको घोषणा गरेका छन ।

हालसम्म जिल्लाका आठ वटा स्थानीय तहले सहयोग रकम घोषणा गरेका छन । ७ वटा पालिकाबाट ५६ लाख ७९ हजार ८७३ रुपियाँ संस्थागत सहयोग घोषणा गरेका छन ।

नौबहिनी गाउँपालिकाले जनप्रतिनिधिको सेवा सुबिधाबाट ३ दिनको रकम र कर्मचारीहरुबाट नेपाल सरकारले तोके बमोजिमको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

स्वर्गद्वारी नगरपालिकाले भने सहयोगको निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय