तुलसीपुर । गएको भदौ १० गते भोटेकोसी नदिमा आएको बिनासकारी बाढिले पुर्याएको क्षती घटनाप्रती दुख ब्यक्त गर्दै तुलसीपुरको एक सहकारी सस्थाले आर्थिक सहयोग गरेको छ ।

बिनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठूलो धनजनको ठूलो क्षती पुगेको घटनाप्रती दुख ब्यक्त गर्दै तुलसीपुरको राप्ती बिश्वासी बचत तथा ऋण सहकारी सस्था लि. ले ५१ हजार १११ रुपैया आर्थिक सहयोग गरेको हो ।

सहकारी सस्थाको भदौ १८ गते बसेको सन्चालक समितिको निर्णय अनुसार आर्थिक सहयोग गरिएको सस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो । सहकारी सस्थाले प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोष मार्फत आर्थिक सहयोग गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

घटनामा ज्यान गुमाएकाप्रती समबेदना ब्यक्त गर्दै घाइतेको उपचार तथा साथै राहत र उद्वारमा सबै पक्षलाई कुसलतापुर्बक गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय