प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले आठ वर्ष अघिको घटनाको मुद्धा पुनः अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नरहरी अधिकारीले आठ वर्ष पुराने पेन्डिङ फाइलको अनुन्धान अघि बढाउनुभएको हो ।

०७५ जेठ १६ गते झिमरुक गाउँपालिका–८ दिहाल्नाचौरमा कुटपिटबाट ३९ वर्षीय नारायण सेढाईको मृत्यु भएको घटनाको प्रहरीले पुनः अनुसन्धान अघि बढाएको हो । सेढाईको ०७५ जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको थियो ।

तत्काललिन अवस्थामा दिएको फुटकर ज्यान सम्वन्धी कसुर मुद्धाको अनुसन्धानको क्रममा मृतकले तत्काल घाईते अवस्थामा घाउजाँच केश फाराममा खुलाएको कुरा, घटनाका प्रत्यक्षदर्शी समेतले खुलाई दिएको र पोष्ट मार्टम रिर्पोटको आधारमा कर्तव्य ज्यान मुद्धाको उठान गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । “घाउँजाँच केशमा कुटपिट गर्ने व्यक्तिहरुको नाम प्रष्ट छ,” प्रहरी प्रमुख अधिकारीले भन्नुभयो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा माण्डवी गाउँपालिका–५ तिघ्रा बस्ने ४२ वर्षीय दिपक सापकोटालाई पक्राउ समेत गरेको छ । जिल्ला अदालतबाट पक्राउ आदेश प्राप्त गरि घटनामा संलग्न अन्य चार जना व्यक्तिको समेत खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय