प्यूठान । प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरति महोत्सव हुने भएको छ ।
परोपकार अमृत नेपाल संस्थाको आयोजना तथा प्यूठान स्थित विभिन्न धार्मिक संस्थाहरूको सक्रियतामा महोत्सव सुरु हुने भएको हो ।
प्युठान नगरपालिका नजिकमा रहेको मैदानमा असोज १ गतेदेखि २५ गतेसम्म राम कथावाचन तथा गरुण महापुराण महायज्ञ हुन थालेको संस्थाका अध्यक्ष तथा बाचक पण्डित अमृतशरण देवाचार्यले बताउनुभयो ।
धार्मिक महोत्सवमा असोज २४ गते नेपालमा विभिन्न कालखण्डमा विभिन्न विपत्तिहरूबाट ज्यान गुमाउनुभएका पितृहरूको पितृमुक्तिका लागि दिप प्रज्वलन गर्ने समेत बाचक देवाचार्यले बताउनुभयो ।
साविक राप्ती अञ्चलमै पहिलोपटक गरिन थालेको यो महोत्सवबाट संकलित रकमबाट प्युठान बिजुवारमा राम मन्दिर निर्माण गर्ने महाेत्सब आयाेजक समितिका संयोजक शालिग्राम पण्डितले जानकारी दिनुभयो ।
मेला अवधिभर बिहान ६ बजेदेखि राति ९:३० बजेसम्म भागवत गीता पाठ बाल्मिकी रामायण मूलपाठ, पितृ शुद्ध, श्रृङ्गारिक आरती, सत्संग प्रवचन, झाँकी एवं भजन किर्तन गरिने भएको छ।


S.K. Creative Media Group