प्यूठान । ८४ औं बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना गरेको छ ।
झिमरुक गाउँपालिका वडा नं. ४ निवासी शिक्षा प्रेमी केशर जिसीले आफ्नो जन्म दिने आमा चुमकला जि सी ८४ बर्ष प्रवेश गरेकोले हिन्दु धर्म संस्कार अनुसार ८४ पुजाँ गर्न प्रचलन भए पनि पुजा नगरि बुवा र आमाको सम्मानमा झिमरुक गाउँपालिकामै रहेको लक्ष्मी माध्यमिक विधालयमा बुवा र आमाको नामबाट “बेगम – चुमकला शैक्षिकबृति अक्षकोष स्थापना गरेको जि सीले बताउनुभयो ।
नयाँ पुस्ताका लागि केहि सिकाई हुने र गरिव विपन्न विधार्थीका लागि अक्षकोषको ब्याजको रकमले छात्रवृति मार्फत सहजता प्रदान गर्न आफ्नो परिवारले यस्तो काम गर्ने निर्णय गरेको चुमकलाका नाति मनोज कुमार जि सीले जानकारी दिनुभयो । शुक्रबार एक कार्यक्रमका विच विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक विधालयलाई हस्तान्तरण गरिएको छ ।
शिक्षाको क्षेत्रमा गरिएको यो पुण्य कार्यले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई प्रेरणा, सहयोग र उज्ज्वल भविष्य निर्माणको अवसर प्रदान गर्ने विश्वास लिईएको छ । जिसी परिवारको यो अतुलनीय योगदानले भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विधालयका प्रधानाध्यापक कर्ण बहादुर जिसीले बताउनुभयो ।


S.K. Creative Media Group