प्यूठान । संविधान दिवस तथा राष्ट्रिय दिवसका दिन राष्ट्रिय शिक्षा दिवस २०८३ मा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्ववय एकाईको आयोजनामा शिक्षाका मौलिक हक कार्यान्वयनका चुनौती विषयक वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो ।
प्रथम भानुभक्त मावि बर्वोटका वर्षा पौडेल, द्धित्तिय जनता मावि बाग्दुलाका तण्डु पण्डित, तृत्तिय शिद्ध मावि जुम्रीकाँडाका दुर्गा भुसाल र शान्त्वना विद्यानन्द मावि जुडापाटाका विवेक केसीलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी माध्यमिक शिक्षा परीक्षा २०८२ मा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार र सम्मान गरिएको छ । कालिका आवासिय मावि टारीका करुणा पाण्डे, लोक चेतना एकेडेमी भिगृका सुमित्रा केसी, जनता मावि बाग्दुलाका इशा बुढाथोकी र मुक्ति मावि रातामाटाका अञ्जली सुनारलाई नगद र प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा २०८२ मा उत्कृष्ट विद्यालय मुक्ति मावि रातामाटालाई प्रशंसा पत्र प्रदान गरिएको छ । माध्यमिक शिक्षा परीक्षा २०८२ मा सवोत्कृष्ट विषयगत औषत सिकाइ हासिल गराउन सफल शिक्षकहरुलाई सम्मान गरिएको छ ।
अंग्रेजी विषयमा जनता मावि बाग्दुलाका इन्द्रमणी पोख्रेल, नेपाली विषयमा जनता मावि बाग्दुलाका खिम बहादुर राउत, गणित विषयमा भुवनेश्वरी माविका बुद्धिसागर पौडेल, विज्ञान तथा प्रविधि विषयमा मुक्ति माविका मन बहादुर थापा, सामाजिक अध्ययन विषयमा मुक्ति माविका विन्दु विष्टलाई सम्मान गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारी र पदाधिकारीलाई समेत सम्मान गरिएको थियो । मोति प्रकाश नेरा आवि स्याउलिवाङका शिक्षक लक्ष्मी रावत, गौमुखी मावि ठुलावेशीका विद्यालय सहयोगी बाम प्रसाद न्यौपाने, सर्वोदय मावि गडेरपानीका प्रधानाध्यापक लाल बहादुर एमसी, महेन्द्र मावि सराङवेशीका शिक्षक महेश राउतलाई सम्मान गरिउको छ ।
त्यसैगरी महेन्द्र मावि खलंगाका विद्यालय सहायक सन्जिव लवट, धर्मावती मावि लम्छ्याङनेटाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव वहादुर पुन, पृथ्वी प्रावि धनवाङका बालविकास शिक्षक दिलमाया बुढा, सरस्वती मावि बांगेशालका शिक्षक शान्तराज विसी, नेरा आवि धक्लेनीका प्रधानाध्यापक याम बहादुर केसी र शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय सहयोगी गुरुनारायण चौधरीलाई सम्मान गरिएको हो ।


S.K. Creative Media Group