दाङ । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्युठानबाट लमही बजार आएर प्युठान फर्किने क्रममा लमही नगरपालिका-३ मजगाउँ चोकमा दुर्घटना भएको हो । लमही बाट भालुवाङ तर्फ जाँदै गरेको लु.प्र.०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमही तर्फ आउँदै गरेको यात्रु बस एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका-५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका-८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् ।

घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय