दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट दुई जनाको उम्मेदवारी परेको छ । सोमबार एमालेको तर्फबाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

दाङ निवासी एमाले नेता केसीले महिला कोटामा र पाल्पा निवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी रहनुभएको छ ।

त्यस्तौ घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरी रहनुभएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय