वासुदेव गिरी
प्यूठान । ऐरावती गाउँपालिका-४ तिल्केनीमा लिफ्ट खानेपानी योजनाबाट धारोमा पानी आएसँगै स्थानीय उपभोक्ता हर्षित भएका छन् । तिल्केनीमा घ्वांङखोला लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै स्थानीयको धारोमा नियमित पानी आउन थालेपछि स्थानीय बासि खुशी भएका हुन ।
संघीय खानेपानी तथा ढ्ल ब्यवस्थापन आयोजना बुटवलको १ करोड ८० लाख र ऐरावती गाउँपालिकाको ३० लाख बजेट गरि २ करोड २० लाख रुपैयाको लागतको लिफ्ट खानेपानी आयोजना निर्माणको काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले जानकारी दिनुभयो ।
बहुवर्षिय आयोजनाको रुपमा रहेको उक्त लिफ्ट खानेपानी आयोजना निर्माणको जिम्मा प्याराडाईज अमृत एएम जेभीले लिएको थियो । ठेक्का पाएपछि प्याराडाईज अमृत एएम जेभीले २०७८ असार ४ गतेबाट निर्माणको काम शुरु गरि सम्पन्न गरेको जनाएको छ । ठेक्का सम्झौता अनुसार निर्माण भएका संरचनाहरुमा ६ वटा विभिन्न घनमिटर क्षमताको पानी संकलन टंकी (RVT), अन्य संरचना संगै लिफ्ट हाउस, विद्युतको तार पोल सहित १ सय १ घरमा धारा निर्माण गरिएको गाउँपालिकाका भौतिक पुर्वाधार तथा भवन नियमन शाखाका सब-इन्जिनियर प्रजापति ज्ञावालीले जानकारी दिनुभयो ।

डेढ वर्ष सम्झौता म्याद रहेकोमा म्याद थप गरि काम सम्पन्न गरिएको प्याराडाईज अमृत एएम जेभीका साइट इन्चार्ज इन्जिनियर रमेशकुमार शर्माले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीले उपभोक्ता समितिलाई आयोजना हस्तान्तरण गर्नुपर्ने हुन्छ । सोही अनुसार हिजो एक कार्यक्रमका बिच आयोजना कम्पनीको तर्फबाट हस्तान्तरण गरिएको प्याराडाईज अमृत एएम जेभीका साइट इन्चार्ज इन्जिनियर शर्माले जानकारी दिनुभएको छ ।
खानेपानी आयोजना निर्माण सम्पन्न भएसंगै तिल्केनीका २ सय १५ घरधुरी प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले जानकारी दिनुभयो । गाउँपालिकाले खानेपानीको समस्या झेल्दै आएका गाउँपालिका भित्रका अन्य स्थानमा समेत लिफ्ट प्रविधी मार्फत खानेपानी आयोजनाको काम गरिरहेको अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार क्रमागत रुपमा सबै बस्तीमा एकघर एकधारा अभियान पूरा गर्दै लैजाने बताउनुभयो ।
ऐरावतीमा लिफ्ट खानेपानी आयोजना समुदायलाई हस्तान्तरण
ऐरावतीको तिल्केनीमा निर्माण सम्पन्न भएको घ्वांङखोला लिफ्ट खानेपानी आयोजनाको आज एक कार्यक्रमको आयोजना गरि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले उपभोक्ता समितिलाई खानेपानी आयोजना
उद्घाटन गरि हस्तान्तरण गर्नुभएको हो ।
आयोजना हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले एक घर एक खानेपानी धारा अभियान अन्तर्गत काम सम्पन्न भएको बताउनुभयो । लामो प्रयासपछि गाउँमा सुद्ध पिउने पानीको ब्यवस्था गरिएको भन्दै त्यसको संरक्षण नियमित मर्मत संभार लगाएतको काममा स्थानिय उपभोक्ता सचेत भएर आयोजना टिकाइ राख्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत हिमलाल बिश्वकर्मा, कार्यालयका ईन्जिनियर सुभम श्रेष्ठ लगाएतको स्थानीय उपभोक्ताहरुको उपस्थितीमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।



S.K. Creative Media Group