शोभाखर पन्थी
अर्घाखाँची । नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले वर्तमान सरकार मुलुकको निम्ति बोझ बन्दै गएको बताउनु भएको छ ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र लुम्बिनी प्रदेश कमिटीको बैठकमा मन्तव्य राख्दै उहाँले सरकार हरेक क्षेत्रमा असफल बन्दै गैरहेको बताउनु भयो । कँडेलले वर्तमान सरकार जतिदिन टिक्छ मुलुकले त्यति नै बढी क्षति व्यहोर्दै जानुपर्ने भएकोले बिकल्प खोज्नु पर्ने समय आएको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकालले राष्ट्रिय स्वाभिमान , बिकास र समृध्दिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनु भयो । उहाँले नेकपा एमालेलाई चौतर्फी घेरान्दी गरेर निकालिएको परिणाम राष्ट्र र जनताको निम्ति प्रतिउत्पादक भएको भन्दै एमालेको पक्षमा जनमत निर्माणमा जुट्न आग्रह गर्नुभयो । जनसंगठन समन्वय संयन्त्रका केन्द्रीय सहजकर्ता समेत रहनु भएका ढकालले पेसागत रक्षा,संगठन सुदृढीकरण र जनजिबीकाको सबालमा आवाज बुलन्द गर्न आग्रह गर्नुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक लक्ष्मण आचार्यको अध्यक्षता र सह-संयोजक नरेश कुमार भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका उपसचिब लिला राना,एमाले कपिलबस्तुका अध्यक्ष डम्बर शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।

कपिलबस्तुको वाणगंगामा सम्पन्न बैठकले आगामी चैत मसान्त सम्म प्रदेश स्तरमा ३ दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने,अबधि सकिएका जनसंगठनको प्रदेश स्तरको अधिवेशन तथा भेला फागुन मसान्त सम्म र जिल्लाको बैशाख मसान्त सम्म सम्पन्न गर्ने लगायत पार्टी जिवनमा महत्व राख्ने बिभिन्न बिषयमा निर्णय लिएको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा प्रेस चौतारी नेपालका ईन्चार्ज मोहन चापागाईले जानकारी दिनुभयो ।

बैठकमा १९ वटा जनवर्गीय संगठनले आफ्नो संठनको वर्तमान अबस्था,संभावना,चुनौती र आगामी कार्ययोजना बारे रिर्पोटीङ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय