काठमाडौँ । काठमाडौंको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा पूजा आराधना गरि टीका लगाउनेको भिड लागेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा दिदिबहिनी दाजुभाइ नहुनेले टीका लगाउनको लगि भीड भएको हो ।

बुधबार अर्थात आज भाइटीकाको दिन पारेर बिहानैदेखि सर्वसाधरणका लागि यो मन्दिर खुल्ला गरिएको छ ।
वर्षमा एक दिन भाइटीकाको दिनमात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको बिहानदेखि पूजा आराधना दर्शन तथा टीका लगाउन आउनेको घुइँचो हुने गर्दछ ।

आज भाइटिकाको दिन दाजुभाइ, दिदिबहिनी नहुनेहरु रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा पुगेर एकाअर्कालाई टीका लगाई रमाइलो गरेका थिए ।
बि.स.२०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको २०७७ मा पुनः निर्माण भएपछि भक्तजनलाई भाइटिकाको एकदिन खुला गरिँदै आइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय