कपिलवस्तु । नेकपा (एमाले)कपिलवस्तुको जिल्ला अधिवेशन आगामी बैशाख २९ र ३० गते हुने भएको छ ।

 

पार्टी जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति टुङ्गो लगाएको हो । अधिवेशनको उद्घाटन कार्यक्रम शिवराज नगरपालिकाको चन्द्रौटा खेल मैदानमा हुने छ । त्यसै गरी देउराली रिसोर्टको सभा हल खैरेनीपुरमा बन्दसत्र सञ्चालन हुने भएको छ ।

 

बैठकबाट अधिवेशनको लागि जिम्मेवारी बाँडफाँड पनि गरिएको छ । अधिवेशनसँग सम्बन्धित विभिन्न विभागलाई जिम्मेवारी दिइएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर