प्यूठान । नेकपा एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा १ सय ९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी हुनुभएको छ । प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७ मत ल्याउनुभयो ।
सचिवमा १ सय ७३ मतका साथ पुष्पा बुढाथोकी निर्वाचिच हुनुभयो । प्रतिस्पर्धी दिपेन्द्रप्रकाश डिसीले १ सय ४३ मत पाउनुभयो । उपचचिवमा गणेशमान सिंह १ सय ८० मतका साथ विजयी हुनुभयो भने प्रतिस्पर्धी गन्जमान बुढाले १ सय १३ र महेश देवकोटाले १४ मत ल्याउनुभयो ।
महिला उप-सचिवमा सनशिलता वली डिसी १ सय ७३ मतका साथ विजयी हुनुभएको छ भने बुद्धकुमारी खत्रीले १ सय ४१ मत ल्याउनुभएको छ ।
चुनाबमा उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेल समुह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचनमा जम्मा ३ सय ३८ मत खसेको थियो ।