दाङ । तुलसीपुरबाट कठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रीबसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका -१७ निवासी २३ वर्षीय सौगात ओलीको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
गोग्लीबाट घोराही तर्फ जाँदै गरेको लु ४१ प ८०९२ न को मोटरसाइकललाई उक्त बसले घोराही उपमहानगरपालिका- १७ बेलबास, सिस्नेखोलाको ओरालोमा आज राती पौने ९ बजे ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते ओलीको उपचारका क्रममा ज्यान गएको छ भने ओलीसंगै मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका-११ बेलदमारका ३५ वर्षीय शरद लामिछाने घाइते भएका छन । रेग्मीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।