रुकुम पूर्व । रुकुम पूर्वमा आगलागीमा परी ६ जना घाइते भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका-३ रन्माकाे जंगलमा हिजो लागेको आगोमा परेर ६ जना घाइते भएका हुन् ।

 

घाइते हुनेमा दाँत बुढामगर, उज्ज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर र पुत्र बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभएकाे छ ।

 

रन्मा गाउँदेखि पारिको चत्रा भीरमा बाटो निर्माणमा स्थानीयवासी जुटेका थिए । गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुंगा ठोक्किँदा आगलागी भएको स्थानीय सागर विश्वकर्माले जानकारी दिनुभएको छ ।

 

भौतिक कठिनाइका कारण तत्काल घाइतेहरुलाई उद्धार गर्न समस्या भएको थियो । घाइते हरुकाे अहिले रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय