प्यूठान । मल्लरानी पर्यटन प्रवर्द्धनका लागि दोस्रो मल्लरानी फुड फेस्टिबल सप्पन्न भएको छ । एकल नृत्य प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गर्दै फुड फेस्टिबलको औपचारिक समापन गरिएको हो ।

प्रतियोगितामा प्रथम मल्लरानी गाउँपालिका-२ की एलिसा थापा,
दित्तिय मल्लरानी गाउँपालिका-४ का निरुता श्रेष्ठ, तृतीय
ऐरावती गाउँपालिकापालिका-३ का सरस्वती भण्डारी र
चौथो मल्लरानी गाउँपालिका-४ का जस्मिन श्रेष्ठ हुनुभएको छ । उक्त प्रतियोगिताको पुरस्कार सौजन्य स्वर्गद्वारी महाप्रभु बचत तथा ऋण सहकारी काठमाडौंले गरेको थियो ।

कार्यक्रमको अन्तिम दिन सन्जय सेन्चुरी र चित्र अबिरल श्रीपालीको प्रस्तुति थियो ।

कार्यक्रम समापनमा प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले मल्लरानीको प्रचार गर्न महोत्सव आयोजना गरिएको र सफल भएको बताउनुभयो । उहाँले मल्लरानीमा बिभिन्न पर्यटकीय संरचना निर्माणको चरणमा रहेको र आगामी दिनमा अरु संरचना पनि बन्ने बताउनुभयो । हरेक नयाँ वर्ष मल्लरानी जानुपर्छ भन्ने सन्देश दिने गरी महोत्सवलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले छोटो समयमा गरेको तयारीमा पनि महोत्सव सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले महोत्सवले थोरै भएपनि आर्थिक चलायमान भएको बताउनुभयो ।

प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको महोत्सवमा मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र सह आयोजक रहेको थियो ।

कार्यक्रममा सहयोगी संस्थाको रुपमा
ॐ बहुउद्देश्यीय सहकारी संस्था, मल्लरानी ४ नम्बर वडा कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एकीकृत कृषि तथा पशुपन्छि बिकास कार्यालय, सडक पुर्वाधार बिकास कार्यालय, मल्लरानी बचत तथा ऋण सहकारी संस्था रहेका थिए । अफिसियल बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय