काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेलाई भोट हाल्दै हिँडेकाहरु रहेको बताउनुभएको छ ।

सोमबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई भोट हाल्दै हिँड्नेसँग वामपन्थी एकता गरेर बलियो पार्टी नबन्ने ओलीले बताउनुभयो “वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुँदैन, यस्ता शक्तिहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन”, उहाँले भन्नुभयो ।

ओलीले बलियो बलियो बनाउन संगठन विस्तार र सुदृढ गर्नुपर्ने बताउनुभयो । सो काममा सिङ्गो पार्टी लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । ओलीले वामपन्थी शक्ति एक ठाउँमा आउन आवश्यक रहेको भए पनि अहिले नै वामपन्थी एकता हुन नसक्ने बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने भए पनि कांग्रेसमा भोट हाल्ने कम्युनिष्टलाई जोडेर कम्युनिष्ट पार्टी नबन्ने उहाँले प्रष्ट पार्नुभयो ।

अहिलेको अवस्थामा वामपन्थी शक्ति एक हुँदा मात्रै सरकार नबन्ने र त्यसबाट देश पनि नचल्ने ओलीले बताउनुभयो । त्यसैले अहिले राष्ट्रवादी र प्रगतिशील शक्ति एक ठाउँमा उभिनुपर्ने ओलीको धारणा छ । “अहिले सुशासन समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ, आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ”, उहाँले भन्नुभयो ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरामा आफू जानकार भए पनि अहिले त्यो अवस्था नरहेको उहाँले बताउनुभयो । हिजो त्यसैलाई महसुस गरेर कम्युनिष्ट पार्टी निर्माण गरेको भए पनि त्यो टिक्न नसकेको ओलीले स्पष्ट पार्नुभयो । नेकपा फुटाउँदा वामपन्थी एकताको आन्दोलन कमजोर भएको उहाँले बताउनुभयो ।

एमाले वाम एकताकै पक्षमा रहेको भए पनि त्यसको लागि सही समय आउनु पर्ने ओलीले बताउनुभयो । अब वामपन्थी शक्ति बिच एकता गर्दा पनि छानेर गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
ओलीले माधव नेपालमा दक्षिणपन्थी अवसरवाद मौलाउँदै गएको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन माधव नेपालको पार्टी कांग्रेसँग मिल्न जानु यसैको परिणाम भएको उहाँले स्पष्ट पार्नुभयो ।

एकीकृत समाजवादीले कम्युनिष्टको साइन बोर्ड राखेर दक्षिणपन्थीलाई सहयोग गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । उसका गतिविधि समाजवादको पक्षधरलाई कमजोर पार्ने तर्फ लक्षित रहेको ओलीले टिप्पणी गर्नुभयो ।

ओलीले अहिले देश ओरालो बाटोमा रहेकोले त्यसबाट जोगाउन प्रमुख कार्यभार रहेको बताउनुभयो । यस्तो बेला प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा लडाइँ गर्नु उपयुक्त नहुने धारणा राख्नु भयो ।
अहिले मन्त्रालयगत र पदगत प्रश्नमा अलमलिने बेला नरहेको उहाँले बताउनुभयो । मन्त्रालयको विषयमा तनाव गरेर जाने कि नयाँ समीकरणलाई बलियो बनाएर जाने भन्ने कुरा प्रमुख रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय