प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानको १५ औं साधारणसभा तथा आठौं अधिबेशनमा पत्रकार र विभिन्न ब्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ प्यूठानका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर बिश्वकर्माको सम्झनामा स्थापित सम्मानबाट संघका पुर्व अध्यक्ष महाबीर रानालाई सम्मान गरिएको छ ।
त्यसैगरी ज्योति बिकास बैंकलाई सम्मान प्रदान गरिएको छ ।कोरोनाको बेला स्वास्थ सुरक्षा सामग्री सहयोग गरेकोमा बैंकको बाग्दुला शाखा प्रमुख दिपक खड्कालाई सम्मन गरिएको हो ।
कार्यक्रममा पत्रकार कल्याणकारी कोषमा रकम सहयोग गर्ने
राज डेकोर होमका प्रोपाईटर झबेन्द्र शर्मालाई सम्मान गरिएको छ ।
जिल्लामा नीजि बैंकको शुरूवात गर्ने र आर्थिक पत्रकार पुरस्कार प्रदानको शुरूवात गर्ने तत्कालिन झिम्रुक बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मदन बहादुर के.सी.लाई सम्मान गरिएको छ ।
साधारणसभामा प्रतिमान निमा स्मृति पुरस्कार साहारा खबर डटकमका संचालक बासुदेब गिरीलाई प्रदान गरिएको छ ।
धनादेबी लिलाधर पत्रकारिता पुरस्कार रेडियो माण्डविका प्रबन्ध निर्देशक पदम सुबेदीलाई प्रदान गरिएको छ ।
आर एण्ड आर निर्भिक पत्रकारिता पुरस्कार प्यूठान जागरण डटकमका सम्पादक लोकेन्द्र सुनारलाई प्रदान गरिएको छ ।
महिला सृजनशिल पत्रकारिता पुरस्कार रेडियो महिला आवाजका पत्रकार शुसिला बुढालाई प्रदान गरिएको छ ।
स्वर्गीय बसन्ता भट्टको स्मृतिमा स्थापित महिला शसक्तिकरण पुरस्कार पैरवी अनलाइनका पत्रकार सिता बिकलाई प्रदान गरिएको छ ।
काशिराम स्मृति प्रतिभा पत्रकारिता पुरस्कार स्वर्गद्वारी अपडेटका पत्रकार सन्तोष सुनारलाई प्रदान गरेको छ ।