काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । मंगलबार (भोली) कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको लागि राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट भोली सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा काठमाडौं आउने र उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम रहेको सरकार स्रोतले जनाएको छ ।

विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय