डडेल्धुरा । डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका-७ बिनाउलोमा दुर्घटना भएको हो ।

 

दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते हुनुभएको छ ।

 

उहाँको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । मृतक भट्टराई पूर्व वडा अध्यक्ष पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय