बझाङ । बझाङमा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमन भण्डारी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरि उप निर्वाचनमा विजयी हुनुभएको हो ।
प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४३ मत पाउनुभएको छ । २६६ मतको अन्तरले भण्डारी विजयी हुनुभएको हो ।
निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ३ हजार ८३१ मत र नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याउनुभएको छ । प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि प्रदेश सभा १ मा उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उहाँकै छोरा हुनुहुन्छ।