गोपालप्रसाद भट्टराई
अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संविधान र गणतन्त्र बिरोधीहरुको चलखेल बढेको बताउनुभएको छ । व्यवस्था सिध्याउने गरि राजावादी र प्रतिगमनकारीहरुको गतिविधि बढेको उहाँले बताउनुभएको हो ।

१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा (मसाल) अर्घाखाँचीले बुधबार सन्धिखर्कमा आयोजना गरेको ऐतिहाँसिक तिन अभियानको समापन समारोहमा बोल्दै अध्यक्ष नेपालीले भन्नुभयो,“अहिलेको अवस्थामा गणतन्त्रलाई बचाउनुको विकल्प
छैन । नेपालमा हिन्दु राज्य कायम गर्न भारतको आडमा राजावादीहरु सक्रिय छन् । व्यवस्था जोगाउन सबै सचेत हुन जरुरी छ ।”

यकातर्फ राष्ट्रियता जोखिममा र अर्कोतर्फ रुस-युक्रेन युद्ध,
इजराय-हमास युद्ध जस्ता गतिविधिले तेस्रो विश्व युद्धको समेत खतरा रहेको अध्यक्ष नेपालीले बताउनुभयो ।

नेपालको राष्ट्रियता र अखण्डताको पक्षमा निरनतर संघर्ष
गर्दै आएको पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको दावी गर्दै उहाँले राष्ट्रियताको पक्षमा संघर्षहिन सम्झौताबाट नभाग्ने जिकिर समेत गर्नुभएको छ ।

नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको उल्लेख गर्दै अध्यक्ष नेपालीले नेपालमाथि भारतले जनसंख्या र भौगोलिक रुपमा आक्रमण गरिरहेको पनि उल्लेख गर्नुभयो । अमेरिकी र भारतीय दुवै साम्राज्यवाद नेपालको हितमा नभएको उहाँको तर्क छ ।

उहाँले संघीयतालाई हतियार बनाएर शक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको दावी गर्दै नेपालको हकमा संघीयता असफल भैसकेको दावी गर्नुभयो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गित र नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर