धादिङ । धादिङको थाक्रे गाउँपालिकाको गैरीखर्क स्थित एक घरमा आगलागी हुँदा घरका वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ । गएराती एक्कासि घरमा लागेको आगलागीका कारण वृद्ध दम्पतीको मृत्यु भएको हो ।

आगलागीमा परी मृत्यु हुनेहरुमा थाक्रे गाउँपालिका-५ स्थित गैरीखर्कको पुरानडाँडा स्थित घट्टे खोला बस्ने करिब ७० वर्षीय तेजबहादुर लामा र उहाँकी श्रीमती ठूली लामा रहेको प्रहरीले जनाएको छ ।

गएराती बेलुका करिब ११ बजेको समयमा विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । रातिनै आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट घरमा रहेको अन्न पात लत्ता कपडा लगायत पुरै घर जलेर नष्ट भएको थाक्रे जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर