पोखरा । पोखरामा बिहिवारबाट सुरु हुने केपी ओली कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलेले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सबै पूरा भएको जनाएको हो ।
प्रतियोगिताको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।
आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा ७७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।



S.K. Creative Media Group