काठमाडौं । ललितपुरमा भीषण आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । आइतबार ललितपुर महानगरपालिका-१७ स्थित टहरोमा आगलागीका कारण स्थानीय पाँच जलेर जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा सञ्जय गिरी, श्रीमती रुपा गिरी, उहाँहरूका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया गिरी र ३ वर्षीया छोरी एलिसा गिरी रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैजनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता नरेशराज सुवेदीले बताउनुभयो ।
प्रहरीकाअनुसार उक्त टहोरामा मोबिल स्टोर थियो । मोबिलमा समेत आगो लागेर फैलिएले आगो नियन्त्रणमा समस्या भएपनी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।