अम्बिका बेल्वासे श्रेष्ठ
अर्घाखाँची । जिल्ला कारागारमा रहेका कैदिबन्दीलाई लक्षित गरी मानसिक स्वास्थ्य सेवा पवर्द्बनका लागी योग, ध्यान कार्यक्रम सञ्चालन भएको छ ।

नागरिकको स्वास्थ्य चेतना र स्वस्थ व्यवहार पालना सम्बन्धी चेतना अभिवृद्बि गराई योग, ध्यान मार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन गराउने उदेश्यले अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले योग कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा योगको परिचय ,उद्देश्य, महत्व, योग गर्दा अपनाउनुपर्ने साबधानी, योगका नियम बिषयमा प्रकाश पारिएको थियो । अष्टाङ्गयोग ,ध्यान, प्रणायामका बिभिन्न बिधिहरु, प्रज्ञा योग तथा योग ध्यान गर्ने ब्यक्तिको मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक परिवर्तनको बारेमा जानकारी सहित प्रयोगात्मक अभ्यासहरु गराईएको थियो ।

कार्यक्रममा योग, ध्यान, आशनको प्रयोगात्मक अभ्यास योग गुरु पुष्पा भुसालले गर्नुभएको थियो । कार्यक्रममा सहजिकरण स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्य तथा स्वास्थ्य केन्द्रका ल्याव-टेक्निसियन शुवास शाही तथा कर्मचारी निराजन पौडेलले गर्नुभएको थियो । सो कार्यक्रममा कारागारका करिब ८० जना कैदिवन्दीहरुको सहभागीता रहेको थियो । कार्यक्रम ३ दिन सम्म सञ्चालन रहने छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका महिला सदस्य कमला खनाल भण्डारीको अध्यक्षता, जिल्ला कारागार कार्यालयका कारागार प्रशासक दुर्गा न्यौपानेको आथित्यता तथा कारागार सुरक्षा प्रमुख होम बहादुर वि.क., पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक कुमार खनालको आथित्यता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय