
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आज अपरान्ह ३ बजे आगलागीमा परि करिब ५५ वर्षिय पुन्यकुमारी धमला र उहाँका छोरा करिब १६ वर्षिय कन्चन धमलाको ज्यान गएको हो ।
बाहुनडाँडा कोल पाखाको निजी खरबारीमा राखिएको खर घाँस आगेबाट जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिनुभएको छ । घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभएको छ ।